राजनीति

लुटेको धनमा चलेका मिडिया आफूविरुद्ध खनिए : आेली

लुटेको धनमा चलेका मिडिया आफूविरुद्ध खनिए : आेली

मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको केन्द्रीय समितिको संख्याले आफूलाई आश्चर्यमा पारेको बताएका छन्।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘माओवादीमा कसरी ४ हजार मान्छे पुगे? मलाई अचम्म लागेको छ। नाम नै माओवादी केन्द्र भएपछि सबै केन्द्रमा आएसी तल कोही पनि छैनन् ।‘

प्रचण्डले एमालेविरुद्ध भण्डाफोर गर्ने बताएको प्रसंग उप्काउदै अध्यक्ष ओलीले ’लुटेका धनले चलेका माओवादीका मिडिया एमालेविरुद्ध लागे पनि आफूहरु कहिले विचलित नहुने’ बताए ।

संविधान कार्यान्वयन र निर्वाचनका बारेमा सरकारले केही नगरेको उनको आरोप छ। ‘यो सरकार शासन चलाउने सरकार होइन। संक्रमणकाल अन्त्य गर्ने र निर्वाचन गराउने सरकार हो,’ ओलीले थपे, ‘निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन कानुन नबनाउने हो भने कुर्सीमा बस्न मिल्दैन।‘ सरकारको गियर अड्किसकेको भन्दै उनले थपे, ’कांग्रेस र माओवादी मिल्दा पनि सरकार चलाउन सकेनन् । ‘

KP Oli फए यिष

विशेष