कुलमानले होइन लोडसेडिङ एमालेकै कार्यक्रम कार्यन्वयनले अन्त्य भयो–ओली
मंसिर २४ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले २०७३ कात्तिकबाट देशलाई लोडसेडिङमुक्त बनाउने गरी आफूले शुरु गरेको कामलाई झुटो प्रचार नगर्न सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘मैले कात्तिकदेखि लोडसेडिङमुक्त गर्ने घोषणा गरेर भारतीय प्रधानमन्त्रीसँग एक पटक ८० मेगावाट, अर्कोपटक २ सय ३० मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरेँ , त्यसकालागि सबै तयारी पनि भयो, तर अहिलेको सरकार त जादुमयी काम गरेजस्तो गर्दैछ, कुनै नयाँ सम्झौता भएको भए जनतालाई देखाइदिए पुग्छ ।’ –नयाँ पत्रिकाबाट