राजनीति

यति ठूलो हल्ला भयो, तर बाबुरामलाई जुत्ता हानिएको खबर नै गलत रहेछ

यति ठूलो हल्ला भयो, तर बाबुरामलाई जुत्ता हानिएको खबर नै गलत रहेछ

मंसिर २४ । नयाँ शक्ति नेपालका संयोजन डा. बाबुराम भट्टराईले भाषण शुरु गरेको दुई मिनेट पनि भएको थिएन । भाषण सुनिरहेको भीडबाट एक युवा उठे र कालो झन्डा देखाए । भट्टराईले उनलाई देखे । अनि भने, ‘विराध गर्न पाइन्छ । ’ भट्टराईले भाषणलाई निरन्तरता दिए । तर कालो झन्डा देखाउने ती युवालाई चारजनाले घेरिहाले । उनलाई तिनीहरुले सोधे, ‘मैले विरोध गर्न नपाउने ? ’

खबलबली मच्चियो । अरु सहभागीले उनलाइ समात्न खोजेपछि आफ्नो ठाउँबाट भागे । त्यत्तिकैमा उनको जुत्ता खुस्कियो । अनि भीडबाटै कसैले भन्यो, ‘जुत्ता हान्न लागेको रहेछ ।’ कार्यक्रममै सहभागी कांग्रेस, एमाले र माओवादी केन्द्र समर्थित विद्याथीले पत्रकारहरुलाई सूचना दिए, ‘बाबुराम भट्टराईलाई जुत्ता प्रहार भयो । ’

पृथ्वीनारायण क्याम्ससमा विहीबार बाबुरामलाई त्यसरी कालो झन्डा देखाउने सञ्जीव भट्टराईलाई प्रहरीले भीडबाट निकालेर चौकी पुरयाउन नपाउँदै जुत्ता प्रहार भन्ने हल्ला अनलाइनहरुमा समाचार बनिसकेको थियो ।

पत्रकार सम्मेलनमा बाबुराम भट्टराईले समेत जुत्ता प्रहार नभएको बताएका छन् । काठमाडौं फर्कनुअघि पोखरा विमानस्थलमा पत्रकारसँगको भेटमा उनले कालो झन्डा देखाइएको पुष्टि गरे । ‘उहाँले कालो झन्डा देखाउनु भयो । उनले भने, ‘ मैल उहाँलाई कालो झन्डा देखान दिनहोस भन आफै पनि कालो कोट लगाएको छु । कालो झन्डा देखाउँदैमा केही हुँदैन । ’ –अन्नपूर्ण पोस्टबाट

विशेष