विचार राजनीति

समृद्धी क्रान्तिको दोस्रो भाग: सुजाता कोईराला र ५० लाख प्रकरण

समृद्धी क्रान्तिको दोस्रो भाग: सुजाता कोईराला र ५० लाख प्रकरण

मंसिर – २४ । अरुण कुमार सुवेदीको समृद्धी क्रान्तिको दोस्रो भाग सार्वजानिक भएको छ । दोस्रो भागमा स्वास्थ्यसंग जोडिएका विविध विषयवस्तुको बारेमा व्याख्या विश्लेषण र विकृतीको चिरफार गरेका छन् । समृद्धी क्रान्ति नामक युट्युब ब्लग मार्फत उनले देशको विभिन्न समस्याको कारण परिणाम र अब आउने बाटोका बारेमा विश्लेषण गर्छन । दोस्रो भागमा उनले नेपाली कांग्रेस नेत्री सुजाता कोईरालाले उपचार खर्चको लागि लिएको ५० लाख रुपैयाँले निम्त्याएको विद्रोहको चिरफार गरेका छन । भिडियोमा उनले नेपाली कांग्रेसको स्वास्थ्य र शिक्षा नितिको बारेमा विश्लेषण गरेका छन । सुवेदी पेशाले व्यासायी हुन । व्यापार व्यासायमा व्यस्त भएतापनि उनी विभिन्न लेखहरु लेख्ने गर्छन । राजनीति विश्लेषक उनको अर्को परिचय हो । नेपालको राजनीति र कुटनीति विषयमा उनका लेखहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् । समसामयिक विषयमा चोटिलो समिक्षा गर्न उनी माहिर छन । कुटनीति विषयमा उनको विशेष रुचि र दख्खल रहेको छ । समृद्धी क्रान्तिको दास्रो भाग हेर्न यहा क्लिक गर्नुहोसः  

अरुण कुमार सुवेदी समृद्धी क्रान्ति सुजाता कोईराला

विशेष