राजनीति

टोकरीमा पान बेचेजस्तो रहेछ नेपालको अंगीकृत नागरिकता, यस्तो हचुवा शैलीमा अरु कुनै देशले दिँदैन नागरिकता

टोकरीमा पान बेचेजस्तो रहेछ नेपालको अंगीकृत नागरिकता, यस्तो हचुवा शैलीमा अरु कुनै देशले दिँदैन नागरिकता

मंसिर–२५ । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सबैभन्दा लचिलो देखिएको छ । अन्य राष्ट्रले आफ्ना नागरिकसँग विदेशी महिलाले विवाह गरेको निश्चित समयपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन ।

दक्षिण एसियामा नेपालमात्र एउटा त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँछन् । ‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्न्ुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन’ , पूर्व कानुनमन्त्री अग्नि खरेल भन्छन्, ‘कुनै चिज परिपक्व हुन पनि समय चाहिन्छ । अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बुझ्न समय चाहिन्छ । हामीकहाँ यो सबको लागि समय दिइएको छैन । बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ ।’ विश्वमा प्राय ःसबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ । विदेशी महिलाले आफ्नो देशको नागरिकसँग विवाह गरेको निश्चित अवधि बितेपछि मात्र अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था गरेका छन् । कुन देशमा कस्तो व्यवस्था छ यो तालिका हेरौं । नेपाल                                                  विवाह गरेलगत्तै भारत                                                   विवाह गरेको सात वर्षपछि भुटान                                                  विवाहपछि जन्मेको सन्तानले नागरिकता पाएपछि पाकिस्तान                                          विवाह गरेको पाँच वर्षपछि श्रीलंका                                                विवाह गरेकोसात वर्षपछि अफगानिस्तान                                    विवाह गरेको पाँच वर्षपछि माल्दिभ्स                                           विवाह गरेको १२ वर्षपछि , मुस्ल्मि हुन अनिवार्य बंगलादेश                                            विवाह गरेको दुई वर्षपछि । –नागरिक दैनिकबाट

विशेष