मेरो परिवार मेरो कथा

यसरी भएको थियो आरपी र सरुको विवाह

यसरी भएको थियो आरपी र सरुको विवाह

कलाकार आरपी भट्टराई(लाजालाम)लाई नचिन्ने सायदै होलान् । करिब एक वर्षअघि आर पी र सरुले कार्यक्रम जीवनसाथीमा दिएको अन्तर्वातामा कार्यक्रम प्रस्तोता नारायण पुरीले यो जोडी जुनी जुनी सफल र सँगै रहोस् भन्ने कामना गरेका थिए । तर, दुर्भाग्यवश यो जोडि आज एकसाथ छैन । बेलुकी सुतेका आरपी विहान मृत फेला पर्दा पूरै नेपाल स्तब्ध भएको छ । मोरङ जिल्लाको विराटनगरमा जन्मिएका भट्टराईले चार दर्जन भन्दा बढि टेलिफिल्ममा अभिनय गरेका छन् । दुई दशक अगाढि कलाकारिता क्षेत्रमा प्रवेश गरेका हाँस्य कलाकार राजारामले अम्रिसाको कुचो राम्रो, माली गाईको घ्यू, याया थुक लगायतका हाँस्य गीतहरु आफ्ना दर्शकसामु पस्किसकेका छन् । २०५५ सालमा सरु पोख्रेलकोसाथ उनी वैवाहिक बन्धनमा बाँधिएका थिए । पारिवारिक सहमतिमा नै उनीहरुको प्रेम विवाह भएको थियो । अहिले उनका दुई सन्तान छन् । शरीरको अन्य अंगभन्दा ठूलो भूँडिले गर्दा उनी चर्चामै रहिरहे । आरपीका भाइ र सरुको एसएलसीको सेन्ड अप परीक्षा एकै ठाउँमा परेको थियो । विहान भाइलाई उनी मोटरसाइकलमा परीक्षा केन्द्रसम्म पुर्याउन जानुपथ्र्यो । त्यो क्रममा उनले सरुलाई देखेका थिए । देख्ने वित्तिकै भाइलाई को हो भनेर सोधे । भाइले उत्तरमा आफ्नो साथी भएको बताए । तीन चार दिन भाइलाई पुर्याउन जाने बहानामा उनी सरुलाई लुकी, लुकी हेर्न जान थाले । त्यसरी तीन चार दिनसम्म हेरिसकेपछि उनलाई सरुप्रति माया बस्यो । देखेको सात दिन पछि आरपीले सरुलाई प्रस्ताव राखे । सरुले पनि आरपीलाई स्कुलमा नै देखेकी थिइन् । आरपीका भाइ सरुको एकदमै मिल्ने साथी थिए । प्रस्ताव सुन्ने वित्तिकै सरुले केही आपत्ति जनाएकी थिइनन् । उनले सिधै आफ्ना आमासँग कुरा गर्न आरपीलाई सुझाएकी थिइन् । आरपीले सरुको घरमै गएर कुरा गरिसकेपछि एकअर्काको परिवारको सहमतिमा यी दुईले मन्दिरमा गएर विवाह गरेका थिए । आहिले उनीहरु वैवाहिक सम्बनधमा बााधिएको करिब १८ वर्ष भइसकेको छ । तर यो जोडिले अब सँगै जीवनको रथलाई अघि बढाउन नसक्ने भएको छ ।

आर पी र सरु आरपी भट्टराई

विशेष