विचित्र विश्व

नाङ्गो फोटो धरौटी राखेर ऋण !

नाङ्गो फोटो धरौटी राखेर ऋण !

एजेन्सी । बैकबाट ऋण लिनका लागि धरौटी अर्थात् जमानत राख्नुपर्दछ । तर चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ । यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको सामना गर्नुपर्दछ, त्यो कल्पना भन्दा पनि बाहिर छ ।जेदाइबाओ नामको उक्त कम्पनी मानिसहरुलाई अनलाइनमार्फत लोन दिन्छ ।

यो कम्पनीबाट ऋण लिनका लागि न त कुनै बैंकमा लामो लाइन लागे जसरी लाइन लाग्नुपर्छ, न त कुनै दलाल लगाउनुपर्छ । तर कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले कडा अमानवीय शर्तको पालना गर्नुपर्दछ ।

कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो बुझाउनुपर्छ । तस्वीरमा युवतीले आफ्नो परिचयपत्रका साथ पोज दिएका हुन्छन् ।निर्धा्रित समयमा ऋण चुक्ता गरेमा कम्पनीले धरौटीको रुपमा राखेको उक्त निर्वत्र फोटो ऋणीलाई फिर्ता गर्दछ । तर समयमा ऋण चुक्ता नगरेमा उक्त फोटो ऋण लिने युवतीका परिवार तथा आफन्तलाई पठाइदिन्छ । यतिमात्र होइन ऋणी युवतीको पूरा विवरण सहित सोसल साइटमा पनि उक्त फोटो राखिदिनछ ।

Naked phot

विशेष