राजनीति

कांग्रेसका महामन्त्री नै यसो भन्छन् भने पाँच नम्बर प्रदेश कसरी टुक्रिन्छ ?

कांग्रेसका महामन्त्री नै यसो भन्छन् भने पाँच नम्बर प्रदेश कसरी टुक्रिन्छ ?
प्रदेश ५ टुक्र्याउने निर्णय गलत भयो भनेर औपचारिक रुपमै भनिसक्नुभयो, त्यो कसरी ?

म भर्खरै प्रदेश ५ को नवलपरासीबाट नै आएको हुँ । बुटवल भैरहवा, गुल्मी लगायत धेरै ठाउमा जनमानस जसरी ओर्लिएका थिए, त्यो सानो कुरा थिएन । दोस्रो,तराइका मानिसको पहाडससंँग साईनो सम्बन्ध र सम्र्पक छ । त्यही भएर उनीहरुको स्वाभाविक भनाइ नछुट्याउ भन्ने हो । यसमा हामीले गम्भिरतापूर्वक छलफल गर्नुपर्छ । संिवधानसभाको पहिलो निर्वाचनपछि हामीलाई राय सुझाव संकलन गर्न पठाईएको थियो । त्यस अन्र्तगत म डोल्पा गएको थिए । त्यसैगरि सभासदहरुलाई विभिन्न ठाउँमा पठाएर राय लिएर सीमांकन संसोधनको प्रस्ताव गरिनुपथ्र्यो ।

संघीयताबारे पुनः विचार भन्नुभएको छ, त्यो के हो ? संघीयताको आधार हामीले पहिला नै तोकिसकेका छौं । पहिचान भाषा भुगोल, जनसंख्या र स्रोत । यो सबै हेरेर बनाउनुपर्ने थियो, पहिलेको ५ विकास क्षेत्रजस्तो । तर, त्यसबाट मधेसी समुदायलाई सम्बोधन हुने भएन र अहिलेको प्रदेश बनाइयो । अर्को कुरो, राष्ट्रियताको बारेमा कसैले चासो देखाएन । मलाई भित्रबाट लागेको छ कि हाम्रो राष्ट्रियता कमजोर हुँदै छ । हामी यती धेरै विवाद र तनावमा गयौ कि एकआपसमा विश्वास नगर्ने अवस्थामा पुग्यौं । मियोको रुपमा कोही नेता पनि आउन सकेन , जसरी गिरिजाप्रसाद कोइराला मियोको रुपमा हुनुहुन्थ्यो । प्रचण्डजी, केपी ओलीजी अथवा हाम्रै पार्टीको सभापति शेरबहादुरजीले मियो बनेर निकासको बाटो खोज्नुपर्ने थियो, त्यो भएन , यसमा लिडरसिपको कमजोरी देखिन्छ ।

पुन :विचार भन्ने बित्तिकै संघीयताबाट पछाडि फर्कने बुझिन्छ, के यो सम्भव छ यतिबेला आएर ? त्यो सम्भव छ भन्ने मलाई लाग्दैन । तर,व्याक्तिगत रुपमा सोध्नुहुन्छ भने म संघीयता भन्दा विकेन्द्रिकरणमा विश्वास राख्छु । बीपी कोइरालाले भन्नुभएको थियो कि जनता जो गाउँमा बस्छन उनीहरुलाई अधिकार सम्पन्न गराउनु हो । हुन त, यो सविंधानले धेरे कुरा दिएको छ । तर, यो सानो मुलुकले सातवटा सघींय राज्य धान्न सक्छ कि सकदैन, त्यो पनि हाम्रो चिन्ताको विषय हो । तर, अब संघीयता भईसकेको छ, पछाडि जानु भन्दा पनि यसलाइ परिमार्जित गर्दै लगियो भने बढी सान्र्दभिक हुन्छ कि !

(नेपाल साप्ताहिकमा प्रकाशित कांग्रेस महामन्त्री शशांक कोइरालाको अन्तर्वार्ताबाट)

विशेष