यो संविधान संशोधन होइन खारेज नै गर्नुपर्छ
मंसिर २६ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले वर्तमान संविधान पूरै खारेज गर्नुपर्ने धारणा राखेका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबार साँझ ‘राष्ट्रियता, जनतन्त्र, जनजीविका र सङ्घीयता’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्ने क्रममा नेता गजुरेलले वर्तमान संविधानमा मधेसी, आदिवासी जनजाति, थारु, महिला, मुसलमान, पिछडिएकालगायत कुनै पनि वर्ग र समुदायको उचित र पर्याप्त सम्बोधन नगरिएको जनाउँदे यसलाई संशोधन गरेर मात्र कसैको माग सम्बोधन नहुने विचार व्यक्त गरे ।