संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबुल गर्न नदिएर संसद् अवरुद्ध गर्न नहुने
मंसिर–२६ । नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबुल गर्न नदिएर नेकपा (एमाले)ले संसदीय अभ्यास विरुद्धको काम गरेको बताएका छन् ।
अाइतबार अयाोजित साक्षात्कारमा उनले भने, “संसोधनको प्रस्ताव मन परे भोट दिनुस्, मन नपरे विरुद्धमा मत दिएर असफल गर्नुस् । तर संसदमा टेबुल नै गर्न नदिने ढिपी संसदीय अभ्यास होइन ।”
नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयन गर्ने क्रममा संशोधन हुन्छ र यो निरन्तर चलिरहने प्रक्रिया हो । यो प्रक्रिया रोक्नु भनेको आफूलाई लोकतन्त्रको विपक्षमा उभ्याउनु होे भने ।
उनले प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले एउटा समुदायलाई उचालेर अर्को समुदायविरुद्ध उभ्याउन खोजेको बताएका छन् । निर्वाचनमा जानका लागि पनि संविधान संशोधन प्रस्तावलाई चाँडो पारित गर्नुपर्ने बताउँदै यहाँले भन्नुभयो, “यसरी कसैले कसैलाई निषेध गरेर देश अघि बढ्दैन ।”
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले आफूलाई सबैभन्दा ठीक लागेको कुरा बेठिक पनि हुन सक्छ भन्ने कुरा एमालेले बुझ्ने हुनुपर्छ भने । उनले संविधानमा मन नपरेका कुरालाई काट्दै जाने हो भने त्यो संविधानमा अक्षर नै नहुने बताउँदै संसद्भन्दा बाहिर बसेर एमालेले समस्या समाधान खोज्न नहुने बताए ।
नेकपा(एमाले) नेता रधुवीर महासेठले संसोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद् चल्न नदिने बताएका छन् । रासस
संविधान संशोधन प्रस्ताव
साक्षात्कार