राजनीति

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानिक नहुनुको यस्तो छ रहस्य

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानिक नहुनुको यस्तो छ रहस्य
मंसिर–२६ । मन्त्रीहरुको सम्पत्ति विवरण बैठक शाखामा सुरुक्षित रुपले राखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव दामोदर रेग्मीले बताएका छन । मन्त्रिपरिषदले निर्णय नगर्दासम्म प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न नसकिने रेग्मीले स्पष्ट पारे । ६० दिनभित्र सम्पीत्त विवरण सार्वजनिक गर्नुपर्ने भए पनि प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण लुकाइराखेका छन् । यसबारे बारम्बार समाचार प्रकाशित हुँदा पनि सरकारले सम्पत्ति विवरण देखाउन सकेको छैन । यसैबीच आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका प्रवक्ता रेग्मीले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक हुन नसक्नुको रहस्य खोलेका छन् । ‘सार्वजनिक पदाधिकारीहरुले नियुक्ति भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । ती सबै सम्पत्ति विवरणहरु गोप्य रहने गर्छन् । यो अर्थमा कसैले पनि सम्पत्ति विवरण सार्वजनिक नगर्दा हुन्छ ।’ उनले भने ‘यसपटक अस्तिका राज्यमन्त्रीहरुको त ६० दिन पुग्न बाँकी नै छ, अरु सबैको सम्पत्ति विवरण समयभित्रै प्राप्त भइसकेको छ । प्रधानमन्त्री कार्यालयको अफिसमा आउनुभयो भने डेट नै दिन सक्छु ।’ सम्पत्ति किन सार्वजानिक भएन राजनीतिक विषय भएकाले आफुले बोल्न नमिल्ने बताएका छन । उनले भने ‘ क्याबिनेट बैठकमा म रहदिँन, मन्त्रीहरु बस्ने हो । तर, उहाँहरुले निर्णय गर्नासाथ उहाँहरुले निर्णय गर्नासाथ हामीले सार्वजनिक गर्ने हो ।’

दामोदर रेग्मी प्रधानमन्त्री

विशेष