संशोधन प्रस्तावमा एमाले सहमत नहुने
मंसिर–२६ । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्तावले वर्तमान समस्याको समाधान हुन नसक्ने बताएका छन् ।
प्रेस चौतारी डडेल्धुराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले संशोधन प्रस्तावमा एमाले सहमत नहुने बताए । नागरिकता, सीमाङ्कन, भाषा र जनसङ्ख्याका आधारमा भन्ने शब्द संविधान संशोधनबाट हटाई संविधानमा अरु कुराको कमी भए संशोधनका लागि एमालेले छलफल गर्न सक्ने उनको भनाइ थियो ।
“सरकारमै संलग्न रहेका दलका नेता संविधान संशोधनको विरुद्धमा छन्,” उनले भने । संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म एमाले निर्वाचनमा जान नसक्ने नेता रावलले बताए । रासस
नेकपा एमाले
संविधान संशोधन प्रस्ताव