कला साहित्य

अख्तियारका पूर्वप्रमुख आयुक्त उपाध्याय र अनुसन्धानकर्ता घिमिरेको भष्ट्राचार सम्बन्धि पुस्तक आउँदै

अख्तियारका पूर्वप्रमुख आयुक्त उपाध्याय र अनुसन्धानकर्ता घिमिरेको भष्ट्राचार सम्बन्धि पुस्तक आउँदै

मंसिर २७ । अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय र अनुसन्धानकर्ता दिपेश कुमार घिमिरेको संयुक्त कृति ‘समाज र भ्रष्टाचार ः कारण, आयाम र परिणाम’ नामक पुस्तक सार्वजनिक हुने भएको छ । उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त उपाध्याय हुन भने घिमिरे अनुसन्धानकर्ता हुन ।

पुस्तकले भ्रष्टाचार व्यक्तिगत लालसाको मात्र उपज नभइ समाजको उपज हो भन्ने बारेमा तर्क गर्ने प्रकाशक सांग्रिला बुक्सद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीअनुसार पुस्तकले भ्रष्टाचार कसरी समाज तथा सामाजिक बनोट र यसको संरचनासँग जोडिएको छ भन्ने बारेमा प्रष्ट पार्ने छ ।

पाँचवटा परिच्छेद रहेका पुस्तकको पहिलो परिच्छेदमा भ्रष्टाचारको परिभाषा र बुझाई, दोस्रोमा भ्रष्टाचारका कारणहरु, तेस्रोमा भ्रष्टाचारका आयामहरुको व्याख्या, चौंथोमा भ्रष्टाचारका परिणामहरु, पाँचौमा भ्रष्टाचार नियन्त्रणका आधार बारेमा उल्लेख गरिएको बताइएको छ ।

पुस्तक आगामी अख्तियार दिवसको दिन सार्वजनिक गरिने प्रकाशक सांग्रिलाले जनाएको छ ।

Suryanath Upaddhya Upadhya

विशेष