राजनीति

सरकारले निर्वाचन टार्न संविधान संशोधन प्रत्स्ताव ल्याइएको एमाले नेता आचार्यको आरोप

सरकारले निर्वाचन टार्न संविधान संशोधन प्रत्स्ताव ल्याइएको एमाले नेता आचार्यको आरोप

मंसिर २७ । नेकपा एमालेका सचिव भीम आचार्यले निर्वाचनलाई टार्ने उद्देश्यका साथ सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन् ।

सदरमुकाम फिदिममा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले जनताको चाहान र इच्छा विपरीत ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित हुन नदिने बताएका छन् ।

संविधान कार्यान्वयन गराउनुभन्दा पनि सरकार प्रदेश नं ५ टुक्र्याउन लागिपरेको बताउँदै भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको सचिव आचार्यको टिप्पणी थियो । उहाँले सरकारले एमालेसँग छलफल नगरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको उल्लेख गरे ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सचिव आचार्यसहित शेरधन राई, जगनाथ खतिवडालगायतका नेताहरु पाँचथर पुगेका थिए ।

bhim acharya

विशेष