राजनीति

‘राष्ट्रिय एकताको अभियान सबैको सरोकार बन्नुपर्ने’

‘राष्ट्रिय एकताको अभियान सबैको सरोकार बन्नुपर्ने’
म‌ंसिर - २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताको अभियान सबैको सरोकार बन्नुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको १०औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमानको नीति आफ्नो दलको पहिलो प्राथमिकतामा बताए । कर्मचारी गुट, उपगुटमा लाग्नु राम्रो नभएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले जनताको सेवा र आफ्नाे विचारलाई स्थापित गराउन लडेर हैन मिलेर सङ्गठन सञ्चालन गर्न सुझाव दिए । सङ्गठनका केन्द्रीय अध्यक्ष मोहनकुमार घिमिरेको सभापतित्वमा भएको अधिवेशन उद्घाटन समारोहमा एमालेका सचिव गोकर्ण विष्टले पनि मन्तव्य व्यक्त गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा मुलुकभरिका सङ्गठनमा आबद्ध करिब एक हजार एक सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता छ ।

केपी शर्मा ओली

विशेष