राजनीति

सुदूरपश्चिमबाट देउवाकै राजनीतिक समाप्त पार्ने गरी कांग्रेसका थारु सांसदहरुले लिए कठोर निर्णय

सुदूरपश्चिमबाट देउवाकै राजनीतिक समाप्त पार्ने गरी कांग्रेसका थारु सांसदहरुले लिए कठोर निर्णय

मंसिर २८ । नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारु सांसदले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन् । कैलाली र कञ्चनपुरलाइृ ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्वीप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् । थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरु एक ठाउँमा उभिने सहमति गरेका हुन् । सहमति गर्नेमा कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी, संघीय लोकतान्त्रिक पार्टी मञ्च थरुहटका थारु सांसद छन् । कांग्रेस सभासद तेजुलाल थारुले भने,‘कैलाली र कञ्चनपुरलाई पाँच नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्वीप मान्दैनौं । ’ –नागरिक दैनिकबाट

विशेष