विचित्र विश्व

बर्थ डे पार्टीमा १३ लाख मानिस आउने, ट्रम्पलाई पनि निम्तो

बर्थ डे पार्टीमा १३ लाख मानिस आउने, ट्रम्पलाई पनि निम्तो

मेक्सिकोमा एक बर्थ डे पार्टीमा १३ लाख मानिसले सहभागिता जनाउँदै छन् । उक्त बर्थ डे पार्टी निम्तोको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

मानिसहरुले उनको बर्थ डे पार्टीको निम्तो स्वीकारेका छन् । आउने २६ डिसेम्बरमा जन्मदिनको पार्टीमा सहभागिता हुने निम्तालुहरु पनि उत्साहित छन् ।

मेक्सिकोमा बस्ने आमाबाबुले आफ्नो छोरी रुबी इवारा गार्सियाको १५ जन्मदिनको अवसरमा १३ लाख मानिसलाई निम्तो गरेका हुन् ।

रुबीका पिताले फेसबुकमा निम्तोको भिडियो अपलोड गरेर सबैलाई बर्थडे पार्टीको निम्तो दिएका छन् ।

रुबीका पिताले फेसबुकमा भिडियो अपलोड गरेको केही घण्टामै भाइरल भएको थियो । अहिलेसम्म उनको भिडियो देखेर १३ लाख मानिसले उनको निमन्त्रणा स्वीकारेका छन् । उक्त बर्थडे पार्टीमा सहभागी हुने समेत प्रतिबद्धता जनाएका छन् ।

भिडियोमा रुबीका पिताले पार्टीमा सहभागी हुन र संगीतको आनन्द लिन आग्रह गरेका छन् । उनले आफ्नो छोरीको जन्मदिनका अवसरमा घोडा दौड प्रतियोगिता पनि राखेका छन् । उनले बर्थ डे पार्टीलाई लिएर निकै उत्साहित रहेको पनि बताएका छन् । रुबीका आमा अनेल्डाले अमेरिकाका नव निर्वा्िचत राष्ट्रपति डोनाल्ड ट्रम्प र मेक्सिकोका राष्ट्रपति एनरिक पेनालाई पनि बर्थ डे पार्टीमा सहभागी हुन आग्रह गरेकी छिन ।

Birth Day Party

विशेष