राजनीति

अध्यारोमुक्त अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्नेः ऊर्जा मन्त्री शर्मा

अध्यारोमुक्त अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्नेः ऊर्जा मन्त्री शर्मा
मंसिर - २८ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताएका छन्। प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताए। “म देशलाई अध्यारोमुक्त बनाउने अभियानमा लागेको छु अध्यारो बनाउनेलाई छोड्दिन,” उनले भने । मन्त्री शर्माले विद्युत् चोरी नियन्त्रणमा आफू पूर्णरुपले लागिपरेको बताए । विद्युत् चोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उनको भनाइ थियो । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगर आइपुगेका मन्त्री शर्माले थप विद्युत् उत्पादन गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको बताए । “नेपाललाई थप १० हजार मेगावट विद्युत् आवश्यक पर्छ,” उनले भने  । सुकुम्वासीका लागि रु एक हजार प्राधिकरणमा धरौटी राखेर मिटर लिनसक्ने व्यवस्था गरेको उनले बताए । यसअघि मिटर लिन सुकुम्वासीले रु दश हजार धरौटी राखेर मिटर लिने गरेका थिए । रासस

ऊर्जामन्त्री जनार्दन शर्मा

विशेष