राजनीति

ऊर्जामन्त्री शर्माद्वारा कर्मचारीलाई निर्देशन

ऊर्जामन्त्री शर्माद्वारा कर्मचारीलाई निर्देशन
मंसिर - २८ । ऊर्जामन्त्री जनार्दन शर्माले राजनीतिक पूर्वाग्रहलाई त्यागेर जनचाहना अनुुरुप सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मोरङको रङ्गेलीस्थित नेपाल विद्युुत् प्राधिकरण वितरण केन्द्रको मंगलबार अनुुगमनपछि मन्त्री शर्माले काममा ढिलासुुस्ती गर्ने तथा अनावश्यक रुपमा सेवाग्राहीसँग रकम असुुल गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिए । मन्त्री शर्माले मुुलुुकभरि नै चाँडै विद्युत्भार कटौती अन्त्य हुने दाबी गर्दै सरकारको यो प्रयासलाई कार्यान्वयनका लागि सेवाग्राहीले पनि अनावश्यक रुपमा बिजुलीको प्रयोग गर्न नहुुने बताए। उनले विद्युुत् चुहावट नियन्त्रण गर्न गाउँगाउँमा समिति गठन गर्ने अभियानमा सरकार लागेको बताउनुुभयो । सरकारको एक्लो प्रयासबाट मात्र विद्युुत् चुुहावट नियन्त्रणमा नआउने भएकाले अब समिति बनाएर नै गाउँगाउँका युुवालाई चुुहावट नियन्त्रण अभियानमा परिचालन गरिने उनले बताए । कार्यक्रममा नेपाल विद्युुत् प्राधिकरणका निर्देशक कुुलमान घिसिङले विद्युुत् सेवालाई थप प्रभावकारी बनाउन पुुराना ट्रान्सफर्मर परिवर्तन गर्न मन्त्रालय लागिरहेको बताए ।

कुुलमान घिसिङ जनार्दन शर्मा नेपाल विद्युुत् प्राधिकरण

विशेष