राजनीति

माओवादीको सिको गर्दै राप्रपाले पनि बनायो जम्बो कमिटी

माओवादीको सिको गर्दै राप्रपाले पनि बनायो जम्बो कमिटी
मंसिर - २८ । राप्रपा र राप्रपा नेपालबीच एकतापछि बनेको राप्रपामा नेताहरुको भागवण्डाका आधारमा जम्बो पदाधिकारी बनाएको छ । माओवादी केन्द्रको सिको गर्दै पार्टी अध्यक्ष कमल थापाले मंगलबार जम्बो कमिटीहरु बनाएका हुन् । एकतापछि व्यवस्थापन चुनौती देखिए पनि अध्यक्ष थापाले उपाध्यक्ष, महामन्त्री, कोषध्यक्ष मनोनयन गरेका छन् । राप्रपाले ६ उपाध्यक्ष, ६ महामन्त्री, दुई कोषाध्यक्ष बनाएको छ । साथै प्रवक्ता पनि दुबै पार्टीबाट एक एक जना तोकेको छ । त्यस्तै सहप्रवक्ता पनि ४ जना छानिएका छन् । उपाध्यक्षमा दिपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादव रहेका छन् । यस्तै, महामन्त्रीमा धवलशम्शेर जबरा, टंक ढकाल, राजेन्द्र लिङ्गदेन, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, र नरेन्द्र चौधरी मनोनित भएका छन् । कोषाध्यक्षमा उद्धव पौडेल र निलकण्ठ काफ्ले ताेिकएका छन् । दुई प्रवक्तामा ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ मनोनित भएका छन् । त्यस्तै, सहायक प्रवक्तामा किरण गिरी, मोहन श्रेष्ठ, बसन्तमान सिंह अधिकारी र राजाराम बर्तौला तोकिएका छन् ।

कमल थापा राप्रपा

विशेष