‘उहाँ झुर ‘कुक’ हो, त्यही भएर प्रायः भाँडा माझ्नु हुन्थ्यो’–प्रचण्ड पत्नी सीता
मंसिर २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खानाका शौखिन छन् । खाजामा पुरी, तरकारी, दही, परौठा मन पराउँछन् । खानामा दाल, भात तरकारी, रायोकोसाग, माछामासु, रुचाउँछन् । तर, सुगर र प्रेसरको समस्याले रुचिअनुसारको खान भने पाउँदैनन् । ‘स्वास्थ्यका कारण रुचि भएका सबैकुरा खना दिन्न’ प्रचण्डपत्नी सीताले भनिन् ।
प्रधानमन्त्री हुनुभन्दा अघिसम्म प्रचण्ड फुर्सद हुँदा कहिलेकाहीँ भान्सामा पस्थे, खाना पकाउन रुचि पनि थियो । तर, ढंग नपु¥याउने गरेको सीताले बताइन् । उहाँपकाउन थाल्नुभयो भने यता नि फोहोर, उता नी फोहोर पार्नुहुन्छ । मलाई त्यस्तो मन पर्दैन । त्यो भन्दा त भयो जानुस भन्थे’ उनले भनिन् ।
भूमिगत कालमा भने प्रचण्डले प्रायः भान्साको काममा सघाउँथे । तरकारी काट्ने पकाउने, भाडा धुने कामहरु ‘हेडक्वाटर’मा बाँडीचुँडी गरिन्थ्यो । पकाउँदा फोहार धेरै पार्ने भएकोले उनको जिम्मा धेरैजसो भाँडा धुने काम पथ्र्यो ।
‘युद्धकालमा बाँडीचुँडी काम गथ्र्यौं । उहाँ आफै पनि खटिनुहुन्थ्यो हरेक दिन । त्यतिबेला छोरा प्रकाश पनि हामीसँगै खाना बनाउँथे । उहाँको भागमा भाँडा धुने काम पथ्र्थो । प्रायः आफनो भागको काम आफै गर्नुहुन्थ्यो । प्रकाशको जिम्मा भूइँ पुछ्ने, लुगा धुने, हुन्थ्यो’ सीताले भनिन् । –गज्जबबाट