रोजगार

लोक सेवाले ५ सय ४ जना अधिकृतका लागि दरखास्त आह्वान गर्यो

लोक सेवाले ५ सय ४ जना अधिकृतका लागि दरखास्त आह्वान गर्यो

मंसिर २९ । लोक सेवा आयोगले ५ सय शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो । दरखास्तमा सबै सेवामा खुला र समावेशी कोटा निर्धारण गरिएको छ ।

खुला तर्फ दुई सय ७४ जनाको माग भएको छ भने समावेशी गरी जम्मा ५ सय ४ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको छ । दरखास्त दिने अन्तिम मिति आगामी पुष १९ गतेसम्म मात्र रहेको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

Lok sewa ayog

विशेष