केपी ओलीको जीवनमा आधारित फिल्म बन्ने
मंसिर २९ । नेकपा एमाले अध्यक्ष केपी ओलीको जीवनबारे फिल्म बन्ने पक्का भएको छ । ‘रातो सूर्य’ नामको फिल्मबाट केपी ओलीका जीवनबारे जनताले थाहा नपाएका रहस्यहरु बाहिरिने बताइएको छ ।
आजकाल विभिन्न विधामा सक्रिय मानिसहरुको आत्मकथा बजारमा धेरै आए । थाहा नभएरका थुप्रै रहसयहरु जनताले किताबको माध्यमबाट चित्त बुझाउने मौका पनि पाए । सत्तामा जाने र नाम कमाउने हर कोही मानिसको जीवन आफैँमा संघर्षपूर्ण लाग्छ । त्यस्तै आफ्नो जीवनकालको संघर्षलाई जीवन्त दिन र कथाका पात्र बन्न गइरहेका छन् ओली ।
फिल्मको नाम पनि पक्का भइसकेको छ । ‘रातो सुूर्य’ अर्थात न्यानो र आनन्दको आशय बोकोको उक्त चलचित्रमा केपी ओली विभिन्न विम्बको रुपमा प्रस्तुत हुनेछन् । फिल्मलाई दीपेन्दप्रसाद दाहालले लेखिरहेका छन् र उनैले निर्देशन गर्ने छन् ।
फिल्ममा ओलीको बाल्यकालदेखि हालसम्मको यथार्थ घटना देखाइने बताइएको छ । फिल्म पुसको दुई गतेदेखि पूर्वी पहाडका पाँचथर, तेह्रथुम, इलाम हुँदै मध्यतराईमा पुगेर फागुनमा फिल्मको छायांकन हुनेछ । फिल्ममा केपी ओलीको तीन अवस्था प्रस्तुत गरिने छ ।
उक्त फिल्ममा केपी ओलीको बालयकालको पात्र बनेर उनको १२ वर्षसम्मको भूमिका निभाउने बाल कलाकार तय भइसकेको छैन भने युवावस्थादेखि पचास वर्षबीचको भूमिका अनुपम शर्माले निभाउने छन् । शर्मा रंगमञ्चका अभिनेता हुन् ।