राजनीति

प्रचण्डसँग केही रहेनछ ! प्रकाशसँग केही छ की ?

प्रचण्डसँग केही रहेनछ ! प्रकाशसँग केही छ की ?


मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अरबौँको सम्पत्ति रहेको भनि बेलाबेला सामाजिक संजाल भरिने गर्दछ । सामाजिक संजाल र कतिपय टिप्पणीलाई चुनौति दिँदै प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरणको तुलना गर्दा सबैभन्दा गरीब प्रचण्ड नै रहेछन् ।

बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार प्रचण्डसँग सम्पत्तिको नाममा केही छैन । चितवनमा भएको १ कट्ठा जमिनपनि पत्नीको नाममा रहेछ । पत्नी सीता दाहालसँग ३ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्ति विवरणमा छोरा बुहारीसँग के कति सम्पत्ति छ भन्ने खुलाइएको छैन । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा पुत्र प्रकाश छन् । बर्हिगमनमा परेकी बुहारी सृजना पोखरा माइतमा छिन् भने पछिबाट भित्र्याइएकी बीना मगर बालुवाटारमा बस्छिन् । पुत्र प्रकाश र बीनाले आर्थिक चलखेल गरेको भनि समाचार आइरहन्छ ।

प्रचण्डले छोराबुहारीसँग चल अचल सम्पत्ति रहे नरहेको स्पष्ट गरेका छैनन् । सम्पत्ति विवरणमा सामान्तया एकाघरका सबैको सम्पत्ति उल्लेख गरिन्छ । प्रकाश र बीनासँग केही छ की ? प्रश्न उब्जिएको छ ।

विशेष