राजनीति

बिमलेन्द्र निधिले किन लुकाए बानेश्वरको यो घर ? मन्त्रीहरुको सम्पत्ति विवरणमाथि बढ्यो आंशका

बिमलेन्द्र निधिले किन लुकाए बानेश्वरको यो घर ? मन्त्रीहरुको सम्पत्ति विवरणमाथि बढ्यो आंशका

बुधबार मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भयो । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिको सम्पत्तिप्रति बानेश्वरवासीको विशेष चासो थियो । किनभने निधि बानेश्वरमा बसाइ सराइ गरेको केही समयमै गृहमन्त्री भएका थिए । उनको बानेश्वरस्थित निवासमा मन्त्रीको झण्डा हल्लिएको थियो । पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि अहिले बानेश्वर हाइटमा रहेको निधिको घरमा सृगाँर पटार भइरहेको छ । सम्भवतः मन्त्री क्वार्टरबाट फर्केपछि उनी यही बस्ने छन् । बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले भक्तपुर कटुञ्जेमा १३ आना र धनुषामा ५ विघा १२ कट्ठा जमिन रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणको सबै भन्दा बुझारमा माथि उल्लेखित विवरण साँचो हो भनि हस्ताक्षरपनि गरेका छन् । तर, मन्त्री निधिले बानेश्वरको घर सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् । यो विषय बुझ्न नेपाल आजको टिम उनको घरमा पुग्यो । स्थानीय व्यक्तिहरुसँग सोधिखोजी गर्यो  । ‘मन्त्रीको घर छेवैमा छ भनेको मन्त्रीले त घरै लुकायो ।’ एक बृद्ध भन्दै थिए । बजारमूल्य अनुसार निधिको घरलाई ३ करोड पर्ने स्थानीयको आँकलन छ । आनाको कम्तिमा ४० लाख पर्ने सो क्षेत्रमा पार्किङसहितको जग्गामा निधिको घर छ । रंगरोगन नगरिएको सो घरमा निधि सरेको धेरै समय भएको थिएन । निधिले सो घर आफ्नो नाममा राखेका छन् वा अरुकै ? यो प्रश्न हामीले स्थानीयलाई सोध्यौँ । ‘उहाँ हेर्न आउनुभएको थियो किन्नुभन्दा पहिले । पास गर्दा कसको नाममा भयो, थाह भएन ।’ एक महिलाले बताइन् । स्थानीय वासिन्दाका अनुसार मन्त्री निधिले घर लुकाएका हुन् । यसैगरी अरु मन्त्रीले पनि धन लुकाएको हुन सक्ने उनीहरु आंशका व्यक्त गर्दछन् । उनले पेश गरेको सम्पत्ति बिवरण  

bimalendra nidhi sampati

विशेष