राजनीति

एमालेद्वारा कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण

एमालेद्वारा कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण
मंसिर – ३० । नेकपा एमालेले जनप्रतिनिधिमूलक निकायको निर्वाचन गर्न कानुन निर्माणको लागि वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गरेको छ । निर्वाचनका लागि संविधानमा उल्लेख भएअनुसारको कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बिहीबार बसेको स्थायी समिति बैठकले संविधानले तोकेको मिति अगावै प्रतिनिधि सभाको निर्वाचन अनिवार्य हुने निष्कर्ष निकालेको हो । त्यसका लागि तीन तहको निर्वाचन गराउन सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकले संविधानले तोके अनुसार स्थानीय तहकै निर्वाचन गर्नुपर्ने एमालेको धारण उनले बताए । तर, संक्रमणकालिन अवस्थामा स्थानीय निकायको पनि निर्वाचन गर्न सकिने व्यवस्था भएकाले त्यस विषयमा पनि छलफल गर्न सकिने निर्णय बैठकले गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयक तत्काल फिर्ता लिएर सहमतिको वातावरण बनाउन समेत एमालेले आग्रह गरेको छ ।

नेकपा एमाले योगेश भट्टराई

विशेष