मुख्य समाचार राजनीति

संसद् दिवसमा संसद् नै बेखबर

संसद् दिवसमा संसद् नै बेखबर

पुस १ । संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा नबोलाएको भन्दै सांसदहरु असन्तुष्ट बनेका छन्। सभामुख ओनसरी घर्तीमगरले आफ्नो विदेश भ्रमणका कारण दुई दिनअघि बिहीबरा आयोजना गरेको औपचारिक कार्यक्रममा पूर्वसभामुख सुवास नेम्बाङसहितका सांसदलाई बोलाइएको थिएन ।

संसद सेवा दिवस मंसिर २७ गते मनाउने गरिए पनि सभामुख विदेश भ्रमणमा रहेका कारण दुई दिनअघि बनाइएको थियो ।  संसद सचिवालय परिसर सिंहदरबारमा भएको कार्यक्रममा प्रमुख दलका प्रमुख सचेतक र केही समितिका प्रमुख सभापतिलार्य मात्र बोलाइएको थियो ।

अन्नपूर्ण

Samsad

विशेष