राजनीति

एमाले अखिलमा भाँडभैलो, माधव नेपाल पक्षको सामानान्तर सर्कुलर आउँदै

पुस–१ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा संस्थापन पक्षको सर्कुलरलाई चुनौती दिन माधव नेपाल पक्षले शुक्रबार समानान्तर सर्कुलर जारी गर्ने तयारी गरेको छ ।

यसका लागि काठमाडौंको आर आर क्याम्पसमा दिउँसो एक बजे उपत्यका स्तरीय कार्यकर्ता भेलाको आयोजना गरिएको छ ।

अखिलका सचिव वसिम आलमका अनुसार केन्द्रीय कमिटीको कुनै औपचारिक निर्णय विना नै हालै विभिन्न सर्कुलर जारी गरियो । विधि र नियम उल्लंघन गरेर गरिएको सर्कुलर अवैध हुने भएकोले त्यो स्पष्ट पार्न कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

अखिलका महासचिव ऐन महरले हालै सचिवहरुको कार्यविभाजन, विभागीय सचिवहरुको जिम्मेवारी सम्बन्धी सर्कुलर जारी गरेका थिए । अखिलका सचिव वसिम आलम भन्छन्, ‘सर्कुलर जारी गर्दा पहिलेको निर्णय उलटपुलट गर्ने, कतै छलफल नै नगरी आफूखुसी जिम्मेवारी तोक्ने काम भयो । यो मान्य हुँदैन ।’

महासचिव महरको सर्कुलर पछि आज माधव नेपाल समूहले कार्यकर्ता भेला पछि अर्को सर्कुलर जारी गर्नेछ । योसँगै अखिलका दुई समानान्तर कमिटी तयार हुनेछन् ।

अखिल अध्यक्ष नविना लामाका लागि यो चुनौतीपूर्ण हुनेछ ।

विशेष