संविधान कार्यान्वयनको एक मात्र विकल्प निर्वाचन- शिक्षामन्त्री पाैडेल

पुस - १ । शिक्षामन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधान कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसद्को निर्वाचन भएको बताएका छन्। प्रेस सेन्टर दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने — ‘संविधान कार्यान्वयनको सवालमा कुनै पनि दल निर्वाचनबाट भाग्न हुँदैन ।’
मन्त्री पौडेलले सरकार निर्वाचनको तयारीमा जुटेको बताउँदै यसका लागि कानुन, ऐननियम बनाउने काम तिव्र रुपमा भइरहेको बताए। केही दलले पुरानै संरचनाका आधारमा निर्वाचनमा जान सक्ने भनिए पनि मुलुक सङ्घीयतामा गइसकेकाले सङ्घीयताका आधारमा निर्वाचनमा जाँदा राम्रो हुने उनले बताए।
मन्त्री पौडेलले शिक्षामा देखिएका विकृतिलाई राष्ट्रिय शिक्षा आयोगबाट समाधान गर्नुपर्नेमा जोड दिदैं शिक्षा नै हरेक क्षेत्रको विकासका आधार भएकाले यसको विकासले मात्र सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने बताए। रासस
धनिराम पौडेल
शिक्षामन्त्री
संविधान कार्यान्वयन