मनोरञ्जन राजनीति

क्या गजब ! रेडियो नेपालकी जागिरे कोमल वली रेडियोकै नियमावली मिचेर राजनीतिमा

क्या गजब ! रेडियो नेपालकी जागिरे कोमल वली रेडियोकै नियमावली मिचेर राजनीतिमा


पुस १ । कोमल वलीलाई धेरैले गायिकाको रुपमा चिन्ने गर्छन् । तर कोमल वली रेडियो नेपालकी स्थायी कर्मचारी पनि हुन् । मिठो र स्पष्ट आवाज भएकी कोमलकण्ठी कोमललाई बहुप्रतिभाशाली भन्दा पनि फरक पर्दैन ।

सरकारी स्वमित्वको रेडियो नेपाल सरकारका धेरैवटा मध्येको एक संस्थान हो । यो संस्थानको आफ्नै नियमावली छ ।  त्यो नियमावलीमा भएको  बुँदाहरु अक्षरसः पालना गर्नु रेडियोका कर्मचारीहरुको कर्तब्य हो ।

रेडियोकी समाचारवाचिका कोमल वली सातौ तहकी कर्मचारी हुन् । उनी केही दिन अघि एक औपचारिक कार्यक्रमकै बीच कोमल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । उनलाई पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।

त्यो खबरलाई धेरै जसो मिडियाले गायिका कोमल वली राप्रपामा प्रवेश भनेर समाचार पनि बनाए । कसैले पनि सरकारी पत्रकार वा संस्थानकी कर्मचारी कोमल राजनीतिमा प्रवेश गरिन् भनेनन् ।

रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त चौथो संशोधन नियमावली  २०५७ को परिच्छेद १० को बुँदा १२५ मा लेखिएको छ, ‘कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन ।’

कोमल वलीलाई सो नियमावलीको बुँदा १३१ ले पनि समस्यामा पार्न सक्ने देखिएको छ । किनभने सो बुँदामा कर्मचारीले निर्वाचनमा पनि  कसैको पक्षमा लागेर गतिविधि गर्न हुँदैन भनेको छ । तर नियमावलीले मतदानमा अवरोध गरेको छैन ।

Komal Oli कोमल वली रेडियो नेपाल

विशेष