राजनीति

मुस्ताङी राजाबाट राजाको हैसियत नखोसिनुको कारण यस्तो रहेछ

मुस्ताङी राजाबाट राजाको हैसियत नखोसिनुको कारण यस्तो रहेछ

पुस–२ । मुस्ताङी राजा जिग्मेपलबर विष्टको राजधानीस्थित ओम अस्पतालमा शुक्रबार बिहान निधन भएको छ । उनी ८६ वर्षका थिए । मुस्ताङी राजा पलबरका उत्तराधिकारी जिगमेसिङ्गीपलबर विष्ट तथा ८३ वर्षीया पत्नी सिटोलपलबर विष्ट छन् ।

राजा महेन्द्रले मुलुकमा राजारजौटा उन्मूलन गरे पनि भौगोलिक, सामरिक, सांस्कृतिक र भावनात्मक एकता तथा एकात्मकताका लागि चार राजा (सल्यान, बझाङ, जाजरकोट र मुस्ताङ) लाई आधिकारिक हैसियत र नेपाली सेनाको मानार्थ हैसियत प्रदान गरिएको थियो । त्यसमा मुस्ताङी राजा एक थिए ।

राजा महेन्द्रले २०१९ सालमा राजारजौटा उन्मूलन गर्दै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङमा मानार्थ राजा कायम गरेको थिए । २०६२/०६३ को राजनीतिक परिवर्तन र त्यसको दुई वर्षपछि मुलुक गणतन्त्र र त्यसको दुई वर्षपछि मुलुक गणतन्त्र घोषित गरी राजतन्त्र र ‘राजा’ परम्परा औपचारिक रुपमा समाप्त गरिए पनि मुस्ताङी राजा जिग्मेपलबर विष्टको सामाजिक तथा सम्मानजनक हैसियतमा कुनै कमी आएन । उनी मुस्ताङी राजा रहिरहे । –अन्नपूर्ण पोस्ट्बाट

विशेष