राजनीति

राप्रपामा प्रवेश गरिसकेँ, अब रेडियो नेपालको जागिर छाडिदिन्छु – कोमल वली

राप्रपामा प्रवेश गरिसकेँ, अब रेडियो नेपालको जागिर छाडिदिन्छु – कोमल वली

पुस २ । चर्चित गायिका तथा रेडियो नेपालकी स्थायी कर्मचारी कोमल वलीले रेडियो नेपालको जागि छाडिदिने बताएकी छन् ।

केही दिन अघि राप्रपामा प्रवेश गरेकी गायिका कोमल रेडियो नेपालमा सातौ तहकी कर्मचारी हुन् । रेडियो नेपालको नियामावलीले कर्मचारीलाई राजनीतिमा जान रोकेको छ । सो बारे नेपाल आजले शुक्रबार एक समाचार सम्प्रेषण गरेको थियो ।

गायिका वलीललाई रेडियो नेपालको रेडियो प्रसार सेवा विकास समिति कर्मचारी सेवा शर्त चौथो संशोधन नियमावली २०५७ को परिच्छेद १० को बुँदा १२५ मा कर्मचारीले राजनीतिमा भाग लिन नहुने नियमबारे बारे नेपालआजले जिज्ञासा राखेको थियो । जवाफमा गायिका वलीले भनिन्, ‘मैले रेडियोको नियमावलीमा भएको व्यवस्था पढेरै राजनीतिमा प्रवेश गरेकी हुँ । कर्मचारीले राजनीति गर्नु हुँदैन भन्ने थाहा छ । अब म रेडियोको जागिर छाड्छु ।’

रेडियोको जागिर कायम राखेर कोमल वलीलाई राजनीतिमा अगाडि बढ्न त्यति सजिलो छैन । ‘म अहिले राप्रपमा प्रवेश मात्रै गरेकी हुँ । पार्टीले मलाई जिम्मेवारी दिएका छैन । त्यही भएर अहिले जागिर छाड्ने कागजपत्र मिलाइरहेकी छु ।’ कोमलले भनिन् ।

कोमलले आफू कर्मचारी भन्दा पनि सचेत पत्रकार पनि भएकोले नियम कानुन उल्लंघन नगर्ने बताइन । उनले भनिन् ‘पार्टीले जिम्मेवारी दिनेबित्तिकै रेडियोमा राजीनामा दिन्छु ।’

विशेष