राजनीति

गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल

गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
पुस - २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड दिए । तराईका जनताको भावनालाई समेटनुपर्ने उल्लेख गर्दै उनले संविधान संशोधनको विषयलाई लिएर यतिखेर रोल्पा, प्यूठानको जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राखेर कार्य गर्नुपर्ने देखिएको विचार राखे। नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको अवस्थामा स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नुपर्ने विषयमा जोड दिए ।

नेता रामचन्द्र पौडेल

विशेष