विचित्र विश्व

चर्चमा यी महिलाले किन गरिन ब्रा प्रदर्शन

चर्चमा यी महिलाले किन गरिन ब्रा प्रदर्शन

एजेन्सी ।  स्पेनको एक अदालतले मैड्रिड सिटीकी कान्सलरलाई चर्चमा ब्रा देखाएर विरोध–प्रदर्शन गरेको आरोपबाट मुक्त गरिदिएको छ ।

२७ वर्षीया रिटा मायेस्त्रेमाथि विवेक र धार्मिक आस्था उल्लंघन गरेको आरोपमा लागेको थियो । वामपन्थी रुझानवालकी विद्यार्थी रिटाले प्रदर्शनको समयमा टीसर्ट उतारेर ब्रा देखाएकी थिइन् । त्यस्तै उनका साथीहरु सबै निवस्त्र भएका थिए ।

५० जनाको एक समूह मैड्रिडमा रहेको कन्पुलतन्से विश्वविद्यालयको चर्चमा महिलाहरुको हकका लागि समर्थन गर्दै क्याथोलिक चर्चको सर्वाेच्च संस्था, वेटिकनका विरुध नारा लगाएका थिए । उनीहरुको प्रदर्शनपछि स्पेनमा ठूलो विवाद भएको थियो । रिटा रुढीवादी संगठनको निसानामा परेकी थिइन् । अदालतले रिटाको कदम अनुचित भएपनि उनी अपवित्र गर्न कुनै काम नगरेको बताएको छ । तर, मार्चमा अदालतले उनलाई दोषी ठहर गर्दै जरिवानाको फैसला गरेको थियो । अदालतले अव कम कपडा र अनुचित तरिका, अपवित्रता जस्ता कुनै स्थिति नभएको बताएको छ ।

साथै कोर्टले अपिल खारेज गरिदिएको छ । फैसालापछि रिटाले आफ्नो खसी ट्वीटरबाट अभिव्यक्त गरिन् । उनले ट्वीटमा ट्वीट गर्दै अभिव्यक्ति स्वतन्त्रताको लागि यो एउटा राम्रो खबर हो । म खुसी छु । सन्तुष्ट छु । मलाई गर्व छ । म आफ्नो अन्तरमनलाई धन्यवाद दिन चाहन्छु जसले मलाई यो वर्ष यस्तो कार्य गर्ने सहास दियो ।

विरोध–प्रदर्शन

विशेष