राजनीति

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने !

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने !

पुस–३ । भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, ‘बिदा दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु । ’ उनले पुस २७ लाई एकता दिवसका बनाउन प्रधानमन्त्री पनि सकारात्मक भएको अनुभव आफूले गरेको बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पृथ्वी जयन्तीको बिदा मन्त्रिपरिषदको बैठकले नभएर गृहमन्त्रालयको एकल निर्णयका आधारमा काटिएको जनाउँदै बिदा काटिएको विषयमा आफूले मन्त्रिपरिषदमै आपत्ति जनाएको स्पष्टीकरण र्दिका थिए ।

त्यति बेला गृहमन्त्री कृष्ण सिटौला थिए । कार्यक्रममा उद्घोषकले केही समयअघि विविसीमा अन्तरवार्ता दिने क्रममा पृथ्वीनारायण कोहो, आफूले चिनेको भैन भन्दै अपमान गरेको विषय विषय राख्दा उपस्थित सहभागीले ‘र’को एजेन्टले चिन्न आवश्यक छैन भन्दै नाराबाजी गरेका थिए । –अन्नपूर्ण पोस्ट्बाट

विशेष