विचित्र विश्व

अर्थमन्त्रीलाई न्यूड सेक्स डल उपहार दिएपछि...

अर्थमन्त्रीलाई न्यूड सेक्स डल उपहार दिएपछि...

 चिलीका अर्थमन्त्रीलाई ‘सेक्स डल’ उपहार दिइएपछि त्यहाँ तहल्का मच्चिएको छ । चिलीका निर्यातकर्ताहरुको एसोसियसनका प्रमुख रोबर्टो फेन्टुजीले अर्थमन्त्री लुइस फिलिपे सेस्पेडेसलाई वार्षिक डिनरको अवसर पारेर मंगलबार राती सो सेक्स डल उपहार दिएका थिए ।

अर्थमन्त्रीलाई दिइएको सो सेक्स डलको मुखमा पट्टी टाँसिएको थियो, जसमा लेखिएको थियोः ‘अर्थव्यवस्थालाई प्रोत्साहित गर्नका लागि ।’ अर्थमन्त्रीले पूर्णतः नांगो सेक्स डल सार्वजनिक रुपमा हाँस्दै स्वीकार गरेपछि सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भयो । धेरैले मन्त्रीको प्रतिक्रिया ‘असुहाउँदो’ भएको जनाएका छन् । केहीले अर्थतन्त्रलाई प्रोत्साहित गर्नका लागि मन्त्रीलाई सेक्स डल दिने काम नै लज्जाजनक भएको बताएका छन् ।

उक्त डिनरमा राष्ट्रपति पनि सामेल भइन् । राष्ट्रपति मिसेल बाचेलेतले ट्वीट गरेकी छन, ‘राष्ट्रपतिको रुपमा मेरो दुई कार्यकालको मुख्य नीति महिलालाई सम्मान दिलाउनु थियो । त्यो डिनरमा जुन घटना भयो, यसलाई सहन सकिँदैन।’ व्यापक आलोचना भएपछि उनले माफी मागेका छन् ।

Sex Doll Gift for Finance Minister

विशेष