ताजा खबर राजनीति

तीन दिने नेपाल भ्रमणका लागि चिनिया उच्चस्तरिय प्रतिनिधमण्डल नेपालमा

तीन दिने नेपाल भ्रमणका लागि चिनिया उच्चस्तरिय प्रतिनिधमण्डल नेपालमा

पुस ३ । चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभाग प्रमुख लि छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेको छ ।

चिनियाँ राष्ट्रपति सी जिङ पीङको भाषणहरु समेटिएको पुस्तक विमोचन समारोहमा सहभागि हुन छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएको हो ।

नेपाल चीन अध्ययन केन्द्रले नेपालीमा अनुवाद गरेको ‘चीनको शासन व्यवस्था’ नामको पुस्तक आज राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।

प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता चीनबाट नेपाल आउन लागेका लिउ उच्च अधिकारी हुन् ।  यसैबीच छिपाओको स्वागतमा ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपालसहितको टोली विमानस्थल पुगेको थियो ।

Chaina

विशेष