राजनीति

संविधान संशोधन गर्दै कार्यान्वयन गरौँ: डा भट्टराई

संविधान संशोधन गर्दै कार्यान्वयन गरौँ: डा भट्टराई
पुस–३ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन् । नयाँ शक्ति विद्यार्थी युनियनले अाइतबार गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ शीर्षक अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे । उनले भने, “मधेसवादी शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गरी कार्यान्वयनमा जाऔं ।” उनले नेपालप्रति जिम्मेवार भएर सबै जाति, समुदायलाई अधिकार सम्पन्न बनाउँदै दिगो विकास गर्नेतर्फ जुट्न सबैलाई आग्रह गरे । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा पक्षमा जानुपर्ने उनले बताए । “विकास र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ”, उनले भने । राज्यले आवश्यक बजेटको व्यवस्था गरी शिक्षामा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ छ । गोरखा क्याम्पसमा पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरे । रासस

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी

विशेष