राजनीति

संविधान संशोधनविरुद्ध रणनीति बनाउन प्रतिपक्षी दलको बैठक बस्दै

संविधान संशोधनविरुद्ध रणनीति बनाउन प्रतिपक्षी दलको बैठक बस्दै

पुस ४ । नेकपा एमालेसहित प्रतिपक्षी आठ दलले संविधान संशोधन प्रस्तावविरुद्ध संघर्षका लागि नयाँ रणनीति बनाउने भएका छन् ।

रणनीति तय गर्न सोमबार बिहान सिंहदरबारस्थित नेकपा एमालेको संसदीय कार्यालयमा प्रतिपक्षी आठ दलको बैठक बस्न लागेको हो । एमालेसँगै संविधान संशोधनको विपक्षमा राष्ट्रिय जनमोर्चा, नेकपा माले, परिवार दल, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्तलगायत दलहरु छन् ।

नेकपा एमालेले सोमबार नै दिउसो १२ बजेपछि संसदीय कार्यालयमा संसदीय दलको बैठक पनि आह्वान गरेको छ । बैठकमा सत्तापक्ष संविधान संशोधनका पक्षमा अगाडि बढे मुठभेडसम्म गर्ने तयारी स्वरुप बैठक बस्न लागेको एमालेका एक नेताले जानकारी दिए ।

विशेष