राजनीति

बिभाजनको १४ महिनापछि चाचाले बनाउने भयो प्रचण्ड र बाबुरामलाई एकै ठाउँ

बिभाजनको १४ महिनापछि चाचाले बनाउने भयो प्रचण्ड र बाबुरामलाई एकै ठाउँ

पुस ४ । पार्टी विभाजनको १४ महिनापछि माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एउटै मञ्चमा देखिदैछन् ।

पुस ११ गते महेन्द्र पुलिस क्लवमा माओवादी नेता भक्तिप्रसाद पाण्डे चाचाको जीबनीमा आधारित पुस्तक चाचाको दुबै नेताले एकसाथ बिमोचन गर्दैछन् । पाण्डेको गत कात्तिक २९ गते ६२ बर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो ।

माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थापित थिए । माओवादी केन्द्रका सांसद पाण्डका छोरा विश्वदीप बाबुराम भट्टराईका स्वकीय सचिव हुन् । प्रचण्ड प्रमुख अतिथि र भट्टराई विशेष अतिथि रहने विमोचन कार्यक्रमलाई राजनीतिक रुपमा महत्वपूर्ण ठानिएको छ ।

विशेष