राजनीति

संसद् अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचन सङ्कटमा - अध्यक्ष राणा

संसद् अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचन सङ्कटमा - अध्यक्ष राणा
पुस - ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा एमालेले नियमित रुपमा संसद् अवरुद्ध गर्दा स्थानीय तहको निर्वाचन गर्ने योजना सङ्कटमा परेको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता राणाले सरकारले निर्वाचन गर्ने तयारी गरिरहँदा निरन्तर भएको संसद् अवरोधले निर्वाचन योजना सङ्कटमा परेको बताएका हुन्। उनले भने“स्थानीय निकाय निर्वाचन लामो समयसम्म हुन सकिरहेको छैन, निर्वाचन तोकिएको मिति नजिकिँदै गर्दा एमालेले संसद् अवरोध गरेकै कारण निर्वाचन सङ्कटमा पर्दै गएको छ, संसद् छिटो खुलाउनुपर्छ ।” सीमाङ्कनबारे एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले विगतमा गरेको सहमतिलाई भुल्दै एमालेले सदन र सडक अवरोध गरेको उनको जिकिर थियो। उनले ५ नं प्रदेशमा भएको आन्दोलन उपयुक्त नभएको जिकिर गर्दै मधेसका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए। संसदबाट हिन्दूराज्य घोषणाको माग सम्बोधन गर्नसक्ने वातावरण तत्काल नभएको अवस्थामा जनमत सङ्ग्रहबाट यसको निर्णय लिनुपर्नेमा उनले जोड दिए। एक प्रसङ्गमा उनले भने, “भूकम्पपछिको पुनःनिर्माणको कार्यमा सरकार असफल भएको छ, सरकारले भूकम्पपीडितको बिजोक सरकारले हेरेर बसेको छ ।”

पशुपतिशम्शेर राणा रासस

विशेष