राजनीति

एमाले संविधान कार्यान्वय हुन नदिने खेलमा लागेको तमलोपा अध्यक्ष ठाकुरको आरोप

एमाले संविधान कार्यान्वय हुन नदिने खेलमा लागेको तमलोपा अध्यक्ष ठाकुरको आरोप
पौष ५ । तमलोपाका अध्यक्ष महन्त ठाकुरले पहिले आफैले गर्न खाजेको संबिधान संशोधनको प्रस्तावलाई अहिले बिरोध गरेर एमालेले द्धयध चरित्र देखाएको ओरोप लगाएका छन् । एमालेले बिभिन्न बाहानमा संशोधन प्रस्तावको बिरोध गरेर संबिधान कार्यान्वय गर्न नदिने खेलमा लागेको उनले बताए । कपिलवस्तुको शिसवामा आयोजित तराई मधेस बृहत जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले सो बिचार व्यक्त गरे । सो अवसरमा बोल्दै नेता ठाकुरले संबिधान लागु गरे मुलुक संघियतामा जाने र एमाले कमजोड हुने भन्ने सोचका कारण एमालेले बिभिन्न बाहाना बनाएर संबिधान संसोधनको बिरोध गरेको उनले जनाए । संबिधान संसोधनका बेला आफना माग पुरा नभएको बिषयमा आफुहरुले संबिधान जलाएको स्मरण गराउदै हालको संसोधनले समेत आफुहरुको माग पुरा नहुने अवस्था रहेको उनले स्पष्ट पारे । तर एमालेले बिभिन्न बाहानाबाजी गरेर संसोधन रोक्ने र संबिधानलाई लागु हुन नदिने षडयन्त्रणमा रहेको उनले बताए । ५ नम्बर प्रदेशमा कुनै पनि हालतमा पाहाडी जिल्ला मिलाउन नहुने बताउदै आफुहरु एक मधेसको पक्षमा रहेको उनले स्पष्ट पारे । कार्यक्रममा केन्द्रिय नेता अकवाल अहमद शाह, ईश्वरदयाल मिश्र, मंगल प्रसाद गुप्ता लगायतले मन्तब्य दिएका थिए । - दिपक केसी/चन्द्रौटा

तमलोपा महन्त ठाकुर

विशेष