रोजगार

के लाग्यो र रहर मर्दै गएपछि..

के लाग्यो र रहर मर्दै गएपछि..

पुस ५ ।  विदेशसँग खुल्ला सिमाना भए पनि छिमेकीसँग लड्नु नपर्ने एउटा सरकारी जागिर छ, सेनाको । मुलुक सार्वभौम भएको प्रमाणित गर्ने निकाय पनि हो, राष्ट्रिय सेना । तर अहिले यसको आर्कषण एकदम घट्दो छ । तर मधेशकेन्द्रित दलहरुले सेनामा सामूहिक प्रवेशको कुरा उठाइरहका छन् ।

सेनाका अधिकृका निम्ति गतसाता भएको परीक्षामा एक सय ५० को दरबन्दी पूर्ति गर्न खोज्दा ४४ सय २२ जनको दरखास्त प्रयो । तर लिखितमा जम्मा पास भए १ सय ४४ जना । केहि महिना अघि यसै गरी एक सय २० जनाका लागि आवेदन गर्दा ३७८ सय ५४ जनाको आवेदन मध्ये ९२ जनामात्र पास भएका थिए ।

सैन्यतर्फ हेर्दा २०७१ मा ५५ सय ५० कोटाको लागि ४२ हनार ७ सय आवेदन परयो । तर उर्तीण भए दरबन्दीभन्दा कम अर्थात पाँच हजार चारसय ९९ र ०७२ मा ३२ सय दरबन्दी माग्दा ३१ सय ७७ मात्र उर्तीण भए । ०७३ मा १८ सय ५० जवान खोज्दा २० हजार तीन सय ६५ आवेदन पर्यो । तर लाजगालले १८ सय उर्तीर्ण गराईयो ।

सेनामा मेधशीको लागि अलग्गै आर्कषण छ । सात सय ६ जना जवानको माग गर्दा १४ सय २२ ले आवेदन दिए । तर मधेशी चार सय जनामात्र अन्तिममा भिडे ।

आस्था साप्ताहिक

Nepal Army

विशेष