पारसले मदिरा छाडे
पुस ६ । एकजमाना थियो, मदिरा सेवन गरेपछि पूर्वयुवराज पारसले कुनै न कुनै फन्डा गरेकै हुन्थे । रक्सीले मातेर उनले कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाई रुबेल चौधरी र बुबा ज्ञानेन्द्रका साथी प्रभाकर शमशेरका छोरासँग झगडा गरेका थिए । तर, पछिल्लो समय उनले मदिरा पिउन छाडेको उनी निकट स्रोतहरुको दाबी छ ।
हरेक दिन बिहान योगा गर्ने बानी विकास गरेका छन् । योगी बनेका साथी प्रभञ्जनले उनलाई योग सिकाएका हुन् । पारसले आहारमा पनि ध्यान दिन थालेका छन् । पूर्ण तन्दरुस्त नभए पनि थाइल्याण्डबाट फर्किदाको भन्दा अचेल केही मोटाएका छन् । पारसले अचेल लामो कमाललाई स्ट्रेट पारेका छन् । लुक्स चेन्ज भएको छ । –नयाँ पत्रिकाबाट