राजनीति

राजपरिवारका सदस्य गोरखानाथ मन्दिर जाँदैन थिए, तर पारस गए

राजपरिवारका सदस्य गोरखानाथ मन्दिर जाँदैन थिए, तर पारस गए

पुस ६ । शाह राजाहरू गोरखनाथको दर्शन गर्न जाँदैनथे । तर, पूर्वयुवराज पारसले उक्त परम्परा तोडेका छन् । बैंककबाट फर्केपछि उनी दुईपटक मृगस्थलीस्थित गोरखनाथ मन्दिर पुगेर दर्शन गरेका छन् । ‘गोरखनाथको दर्शन गर्न हुँदैन’ भनी चलाइएको गलत हल्ला तोड्न पनि पारस दर्शनका लागि आएको उनका मित्र प्रभञ्जनले बताए ।

‘केही दिन पहिला पनि आउने कुरा रहेछ । म बाहिर भएकाले नआउनुभएको खबर पाएको छु,’ प्रभञ्जनले भने । प्रभञ्जन गोरखनाथ मन्दिरमै बस्ने गर्छन् । पछिल्लोपटक गुरुपूर्णिमाका दिन पारस गोरखनाथको दर्शन गर्न गएको स्रोतले जनाएको छ । –नयाँ पत्रिकाबाट

विशेष