राजनीति

एमालेलाई आफ्नै घोषणापत्र घाँडो

एमालेलाई आफ्नै घोषणापत्र घाँडो


एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा ‘कहिल्यै नेपाल बन्द नगर्ने’ घोषणा गर्यो । आफैँ सरकारमा हुँदा र आफ्नै गृहमन्त्री हुँदा समेत बन्द हडतालमा उत्रने एमालेले गरेको सो घोषणा महत्वपूर्ण थियो । सबैभन्दा बढी बन्द हडतालको विरासत भएको एमालेको सो घोषणाले धेरैलाई चकित बनायो ।

तर, एमालेको घोषणा गुण्डा नाइके दीनेश अधिकारी चरी मारिँदा भंग भयो । धादिङ बन्द गरेपछि एमालेको चर्को आलोचना भयो । दिन नबित्दै बन्द फिर्ता गर्न बाध्य भयो ।

पाँच नम्बर प्रदेशका पहाडी जिल्ला अलग गरिएको विरोधमा एमालेको सक्रियतामा साविकको पाँच नम्बर प्रदेश कैयाै‌ दिन ठप्प पारियो । बल्लतल्ल आइतबारदेखि खुलेको बुटवल र आसपासको क्षेत्र पुनः एमालेको बन्दको चपेटामा परेको छ ।

यसपालि एमालेले आफ्नै झण्डामा बन्दको आयोजना गरेको छ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बन्दको आह्वान गरिएको हो । एमालेले कुनैपनि बहानामा बन्द नगर्ने भने पनि तिवारी हत्याको बहानामा बन्द गरिरहेको छ । एमालेकै पूर्वजिल्ला सदस्य मनोज पुनले तिवारीको हत्या गरेको भनि जिम्मा लिएको खबर बाहिरिएको छ । प्रहरीले हत्याको अनुसन्धान र छानबिन गरिरहेको छ ।

एमालेले हत्या राजनीतिक कारणबाट गरिएको भन्दै सत्तापक्षलाई हायलकायल पार्ने रणनीति लिएको देखिन्छ । सरकारलाई अत्ताउने उसको कार्यशैलीले उसैको घोषणा अलपत्र परेको छ । एमालेलाई आफ्नो घोषणापत्र आफैँलाई घाँडो बनेको भनि सामाजिक संजालमा टिकाटिप्पणी व्याप्त छ ।

UML UML Nepal

विशेष