विचित्र विश्व

अाज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात

अाज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात
पुस–६ । यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात २१ डिसेम्बरमा परेको छ । उत्तरी खण्डमा सबैभन्दा छोटो दिनभए पनि दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । हरेक वर्ष जाडोमा हुने सोल्सताईस (सक्रान्ती)उत्तरी खण्ड सूर्यबाट –२३.५ डिग्रीले टाढा ढल्किँदा हुन्छ । जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ । हरेक वर्ष हुने यो सोल्सताईस डिसेम्बरको २१ वा २२ मा परेको खगोल वैज्ञानिकहरु बताउँछन् । तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०,२१,२२ वा २३ मा पनि पर्न सक्छ । डिसेम्बर २० र २३ मा हुने सोल्सताईस भने निकै कम हुन्छ । डिसेम्बर २३ को सोल्सताईस १९०३ मा भएको थियो र यो अब २३०३ मा मात्र हुने छ । वर्षको सबैभन्दा छोटो दिन ब्रिटेनमा केवल ७ घण्टा ४९ मिनेट र ४१ सेकेण्ड सम्ममात्र हुन्छ । यो जून महिनाको सोल्सताईस भन्दा ८ घण्टा ४९ मिनेट छोटो हो । वर्षको सबैभन्दा छोटो समयले क्रिसमसलाई रौनक थपिदिने गर्छ । यसबाट मानिस क्रिसमस नजिक आएको पनि सम्झिन्छन् ।

छोटो दिन र लामो रात

विशेष