राजनीति

निकासको अन्तिम विकल्प स्थानीयतहको निर्वाचन - कानुनमन्त्री नायक

निकासको अन्तिम विकल्प स्थानीयतहको निर्वाचन - कानुनमन्त्री नायक
पुस - ६ । कानुनमन्त्री अजयशङ्कर नायकले अहिलेको राजनीतिक समस्या निकासको अन्तिम विकल्प भनेको नै स्थानीयतहको निर्वाचन भएको बताएका छन्। रफतसञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले राष्ट्रवादको कुरा गर्ने र मधेसको माग सम्बोधन गर्ने दुबै पक्षको समस्याको निकास स्थानीय निकायको निर्वाचन मात्र भएको बताए । मन्त्री नायकले ‘अहिले राष्ट्रको पहिलो आवश्यकता भनेको नै केन्द्र र प्रान्तको नभई स्थानीयतहको निर्वाचन हो’ भन्दै ‘सबैको मिलनविन्दु पनि स्थानीयतहको निर्वाचन नै भएकाले मधसी मोर्चा र एमालेले आ– आफ्नो हठ् त्यागेर निर्वाचनको वातावरण बनाउनमा लाग्नुपर्ने बताए। वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका र राष्ट्रको आवश्यकतालाई बुझेर निकासको लागि अग्रसर बन्नुपर्नेमा जोड दिदै उनले प्रतिपक्षले बोलीमा एक र व्यवहारमा अर्कै रुप देखाएकै कारण निर्वाचन विधेयक संसद्मा रोकिएको बताए। मन्त्री नायकले निर्वाचन विधेयक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नु नै अहिलेको राष्ट्रिय कार्यभार हो भन्दै यसका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार निर्माण गरी निकास दिनुपर्ने बताए।

अजयशङ्कर नायक रासस

विशेष