राजनीति

मतभेद र तिक्तता केही दिनभित्रै हट्छ - सभामुख घर्ती

मतभेद र तिक्तता केही दिनभित्रै हट्छ - सभामुख घर्ती
पुस - ६ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गरेकी छन्। व्यवस्थापिका–संसद् सचिवालयद्वारा यहाँ आज आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भने, “संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।” मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समयबद्ध कार्यान्वयन नै हो भन्दै उनले २०७४ माघभित्रै तीन तहको निर्वाचन पूरा गरी मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लाग्नुपर्ने बताए। नेकपा ९एमाले०का प्रमुख सचेतक भानुभक्त ढकालले प्रेसको सिर्जनात्मक आलोचनाले संसद् र सांसदहरुलाई समृद्ध र सुदृढ तुल्याउन योगदान दिने बताए। व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेता र सांसद सक्रिय भएमा जनताको प्रतिनिधि निकाय, संस्था संसद् स्वतः प्रभावकारी हुनेछ, भनिन्। संसदीय पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयालले संसद्मा जनताको पहुँच भनेको प्रेस मार्फत सहज रुपमा जनता समक्ष सूचना पु¥याउनु हो भन्ने पक्षलाई सरकार र संसद्ले बुझ्न जरुरी छ भनिन्। दुई दिने सो कार्यक्रममा संसद्लाई प्रमुख बिट बनाएर कार्यरत सञ्चारकर्मी र संसद्का कर्मचारीको सहभागिता छ । रासस

ओनसरी घर्ती ओनसरी घर्ती मगर

विशेष