राजनीति

कुटनीतिज्ञको राजनीतिक बैठकबारे सरकार असन्तुष्ट

कुटनीतिज्ञको राजनीतिक बैठकबारे सरकार असन्तुष्ट

पुस ७ । सरकारले काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको छ ।

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदायले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरेका थिए ।

डिसेम्सर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्डले नेपालस्थित अमेरिका, बेलायत, युरोपेली युनियन, चीन, जापान डेनमार्क र जर्मनीसहितका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेकी थिइन् । कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकसँगै स्थानीय चुनावका विषयमा छलफल गरिएको थियो । –अन्नपूर्ण पोस्ट

 

Foreign Ministry ofNepal Kutnitigya

विशेष